एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ ।
मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको बीबीसीले जनाएको छ ।
उक्त रेल राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा रहेको लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ गइरहेको बताइएको छ ।
यस्तै अर्को रेल राजधानी कायरोबाट असवान शहरतर्फ गइरहेको थियो । विपरीत दिशाबाट आएका दुईवटा रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
गुडिरहेका दुवै रेलमा आपतकालीन ब्रेक लगाएपछि दुर्घटना भएको अधिकारीहरुले प्रारम्भिक अनुमान गरेका छन् ।
‘यो दुर्घटना एकदमै डर लाग्दो छ। आम मानिसले रेल यात्रा गर्न पनि असुरक्षा महसुस गर्न थालेका छन्, रेल यात्रा गर्दा कतिसम्म नराम्रो घटना हुँदो रहेछ भन्ने डर मानिसमा परेको छ,’ एक जना कृषक अहमद रेफातले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
प्रतिक्रिया