ताजा समाचार


प्रशासनको आदेशको बेवास्ता, परिक्रमाको बाटोमै मासु पसल खुला

द रियल समाचार     २०७७ चैत्र १३, शुक्रबार, १९: १९ मा प्रकाशित




रमेश प्रसाद अधिकारी, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले मिथिला माध्यमिकी परिक्रमालाई मध्यनजर गर्दै पशुपंछी बध तथा मांसमदिरा विक्रि वितरणमा रोक लगाएपनि धनुषामा त्यसको कुनै पालना नभएको देखिएको छ ।

स्थानीय प्रशासनले मिथिला माध्यमिकी, पंचायणी तथा अन्र्तगृह परिक्रमाको डोला विश्राम गर्ने प्रत्येक विश्रामस्थल तथा सोको १ किलोमिटर वरिपरीको क्षेत्रमा डोला पुग्नु भन्दा २४ घण्टा अगावैदेखि लागु हुनेगरी पशुपंछी वध तथा मांसमदिरा विक्रि वितरण एवं सेवन नगर्न निर्देशन दिएपनि धनुषाको धनौजी गाउँपालिका–५ स्थित बहुअर्वामा माछामासु र मदिराको पसल निर्वाध रुपमा सञ्चालन भईरहेको पाइएको छ ।

मिथिला माध्यमिकि परिक्रमाको डोला आज धनौजी विश्रामस्थलमा पुगेको छ । परिक्रममा सहभागी श्रद्धालुहरु आज त्यहिं विश्राम गरिरहेका छन् । तर, परिक्रमाको छेउमै माछामासु मदिराका पसलहरु भने निर्वाध सञ्चालन भइरहेका छन् । यसमाथि रोक लगाउने हिम्मत न त स्थानीय सरकारले न त स्थानीय प्रशासनले नै गर्न सकिरहेको छैन् ।

परिक्रमाको विश्रामस्थलमा पनि मांसमदिरा विक्रि बितरण बन्द गर्नेतर्फ कसैको ध्यान पुग्न सकिरहेको छैन् । प्रशासनको आदेशलाई ठाढै बेवास्ता गरेको पाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top