ताजा समाचार


व्यापार संघलाई अझ बढि सक्षम बनाउन सधैँ लागिपर्ने छु : मनोज कुमार साह (औषधी पसल)

द रियल समाचार     २०७७ चैत्र १३, शुक्रबार, १४: ४६ मा प्रकाशित




जनकपुरधाम । चैत २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदका उम्मेदवार मनोज कुमार साह (औषधी पसल) ले आफू सधैँ उद्योगी व्यवसायीको हक हितमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साहले व्यवसायीको हक हित र सुरक्षामा कुनैपनि कमि हुन नदिने बताउँदै नेतृत्व तहमा पुगेपछि उद्योगी व्यवसायीको हक हितका लागि सम्बन्धित निकायसँग सहकार्य गरी अगाडि बढ्ने दाबी गरेका छन् ।

सरकार र नीजि क्षेत्रको सहकार्य विना देश विकास हुन नसक्ने भन्दै उनले जिल्ला, नगर र केन्द्रबिचको दुरीलाई नजिक ल्याउने समेत बताए । व्यापार संघलाई क्षमतावान् र सक्षम बनाउन आफू सधैँ लागिपर्ने उनको प्रतिबद्धता छ । महासचिवका उम्मेदवार मनोज कुमार साह (औषधी पसल) यस क्षेत्रका सफल युवा व्यवसायी हुन् ।

उनले व्यापार संघको नेतृत्व तहमा पुगेर आफू धनुषाका सम्पूर्ण उद्योगी व्यवसायीको हकहितका लागि दिनरात मिहिनेत गर्ने बताउँदै सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै यस ठाउँको आर्थिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने साहको प्रतिबद्धता छ ।

आफू महासचिवमा विजयी भए जिल्लाका उद्योगी व्यवसायीको समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने उनको दावी छ ।
उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सम्पूर्ण व्यापारीको हितका लागि निरन्तर मिहिनेत गर्नेछु ।’

मनोजले भने,‘संघको नेतृत्व तहमा पुगेपछि यस क्षेत्रको व्यवसायको प्रत्यक्ष लाभका साथै सबैको साथ सबैको विश्वासका साथ संघको हरेक क्षेत्रमा विकास र समग्रमा व्यवसायसँगै जनकपुरधाम उद्योग वाणिज्य संघको तमाम समस्या, चुनौती र अवसरहरुको सकारात्मक रूपान्तरणका लागि पूर्ण रुपले तयार छु ।’

उनले आशीर्वचन स्वरूप आ–आफ्नो अमूल्य मतदान गरी आफूलाई महासचिवमा निर्वाचित गर्न सम्पूर्ण मतदातासँग सविनय निवेदन गरेका छन् । उद्योगी व्यवसायीको हक हित र सुरक्षामा आफू तथा संस्था सधैँ लाग्ने समेत उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top