ताजा समाचार


भारतीय चर्चित गायिका आशा भोस्ले ‘महाराष्ट्र भूषण’ अवार्डबाट सम्मानित हुँदै

द रियल समाचार     २०७७ चैत्र १३, शुक्रबार, १४: २४ मा प्रकाशित




एजेन्सी । भारतीय चर्चित गायिका आशा भोस्ले ‘महाराष्ट्र भूषण’ अवार्डबाट सम्मानित हुने भएकी छिन् ।

महाराष्ट्र सरकारले प्रदान गर्ने महाराष्ट्रको सर्वोच्च पुरस्कार आफूले पाउन लागेको आशाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

भोस्लेलाई सन २०२० को पुरस्कार प्रदान गर्न लागिएको हो । २ पटकसम्म राष्ट्रिय पुरस्कार प्राप्त गरेकी भोस्लेले थुप्रै भाषाका गीत गाएकी छिन् । सन् १९४४ मा मराठी फिल्मका लागि गीत गाएर गायन यात्राको शुरुवात गरेकी उनले नेपाली चलचित्रका झण्डै ५ दर्जन गीतमा आवाज भरेकी छिन् ।

गायिका भोस्लेले गाएका ‘गैरीखेतको शिरै हान्यो’, ‘यो हो मेरो प्राण भन्दा प्यारो माइती घर’, ‘एउटा मान्छे मनपर्छ भन्न सक्दिन’, ‘म प्यार बेचिदिन्छु’, ‘मोहनी लाग्ला है’ जस्ता दर्जनौं नेपाली गीत अझै पनि लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top