ताजा समाचार


प्रदेश १ का ४ मन्त्री र २ राज्यमन्त्रीले लिए सपथ

द रियल समाचार     २०७७ चैत्र १३, शुक्रबार, १४: ०९ मा प्रकाशित




विराटनगर । प्रदेश नम्बर–१ का नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन् । नवनियुक्त चारजना मन्त्री र दुईजना राज्यमन्त्रीलाई सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री शेरधन राईले रिक्त रहेका चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन् । जसमा टंक आङ्बुहाङलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, सामाजिक विकासमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन् ।

दुई राज्यमन्त्रीमा कला घले र राजकुमार ओझा रहेका छन् । तत्कालीन नेकपामा विवाद देखिएपछि प्रचण्ड–माधव नेपाल पक्षमा रहेका मन्त्रीहरुले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री राईले माओवादी र एमालेको माधव नेपाल समूह छाडेर ओलीको पक्षमा लागेकाहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top