एजेन्सी । मुम्बईको एक अस्पतालमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । मुम्बईको भान्डुपमा रहेका सनराइन अस्पतालमा गएराति आगलागी भएको भारतीय मिडियाहरुले खबर दिएका छन् ।
भारतीय टेलिभिजन जी न्यूजले दिएको पछिल्लो जानकारी अनुसार आगलागीमा परी १० जनाको मृत्यु भएको छ । सुरुमा २ जनाको मात्रै मृत्यु भएकोमा अस्पतालमा उपचाररत घाइतेहरुको मृत्यु भएको हो ।
भारतीय मिडियामा आएका खबर अनुसार ५ भवन रहेको ड्रिम्स मलको तेस्रो भवनमा आगलागी भएको हो । जहाँ सनराइज अस्पताल थियो । अक्सिजनको सिलिन्डर विस्फोट भएर आगो लागेको हो । आलो निभाउनका लागि १० भन्दा धेरै बारुणयन्त्र पुगेका थिए ।
उक्त अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने गरेको थियो । आगलागी सुरु भएपछि भेन्टिलेटरमा राखिएका कोरोना बिरामीलाई सार्न निकै कठिन भएको थियो । मृत्यु हुनेमा धेरैजना भेन्टिलेटरमा उपचाररत बिरामी नै रहेको जी न्युजले जनाएको छ ।
मृत्यु हुनेहरु सबै अस्पतालका बिरामी रहेका छन् ।
प्रतिक्रिया