ताजा समाचार


१० वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १३ बर्षपछि एक आरोपि पक्राउ

द रियल समाचार     २०७७ चैत्र १३, शुक्रबार, ११: ३५ मा प्रकाशित




सप्तरी । सप्तरीमा १० वर्षीया एक बालिकालाई बलात्कार गरेकाे आराेपमा १३ बर्षपछि एक आरोपित पक्राउ परेका छन् ।

बालिका बलात्कार गरेको मुद्दामा दोषी ठहर भई १३ वर्षदेखि फरार रहेका जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-३ बस्ने ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी चौकी बरसाईनबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मुखियाले २०६४ असोज ९ गते साविकको बरसाईन गाविस–४ की १० वर्षीया एक बालिकालाई बलात्कार गरी फरार भएका थिए । २०७५ असार ५ गते सप्तरी जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

मुखियालाई आजै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top