ताजा समाचार


धनुषामा ट्रकको ठक्करबाट एक असईको मृत्यु

द रियल समाचार     २०७७ चैत्र १३, शुक्रबार, १०: ५० मा प्रकाशित




जनकपुरधाम । धनुषामा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका एकजना असईको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक मदनजँग कापरको मृत्यु भएको हो ।

जनकपुर-बर्दिबास सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका वडा नम्बर-१० स्थित लालगढमा ट्रकले कापर सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

आज बिहान करिब ३ बजेको समयमा बर्दिवासबाट जनकपुरधामतर्फ आउने क्रममा कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रका अनुसार ठक्कर दिने ट्रक र त्यसका चालकलाई सुनसरीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

मृतक असई कापरको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top