ताजा समाचार


रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला

द रियल समाचार     २०७७ चैत्र १२, बिहीबार, १६: ५६ मा प्रकाशित




रौतहट । रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर–५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा करिब २५ वर्षीया एक महिलाको शव जलेको अवस्थामा फेला परेको हो ।

भुसको आगोमा महिलाको आधा शरीर जलेको अवस्थामा बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतक महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

खेतमा जलेको अवस्थामा फेला परेको सो महिलाको शवबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top