ताजा समाचार


सिरहामा गाडीको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु

द रियल समाचार     २०७७ चैत्र १२, बिहीबार, १३: ५६ मा प्रकाशित




सिरहा । सिरहामा गाडीको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर–११ बगहास्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय एक युवकको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको मिर्चैया प्रहरीले जनाएको छ । ठक्कर दिएलगत्तै गाडी फरार भएको थियो ।

युवकलाई टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top