ताजा समाचार


कोरोनाविरुद्धको खोप निर्यातमा भारतद्वारा अनिश्चितकालीन रोक

द रियल समाचार     २०७७ चैत्र १२, बिहीबार, १०: ३४ मा प्रकाशित




काठमाण्डौ । भारतले कोरोनाविरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोक लगाएको छ ।

भारतमा दोस्रो चरणको लहर सुरु भएकोले उसलाई आफैँ खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

बीबीसीका अनुसार अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्ने निश्चित देखिन्छ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top