ताजा समाचार


प्रदेश २ : नेपाल भारत सीमा क्षेत्रमा हुने चोरी पैठारी अनुगमनका लागि संसदीय उपसमिति गठन

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १९: ४९ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का जिल्लाहरुको नेपाल भारत सीमा क्षेत्रमा हुने चोरी पैठारीको अनुगमनका लागि संसदीय उपसमिति गठन गरिएको छ ।

प्रदेशसभा सदस्य अशोककुमार यादवको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

उपसमितिमा प्रदेशसभा सदस्यहरू रामसरोज यादव, जगतारण देवी, रमेशकुमार पटेल, रीना यादव र सावित्री देवी साह सदस्य रहेका छन् ।
आज बसेको प्रदेश मामिला समितिको बैठकले उपसमिति गठन गरिएको बताइएको छ ।

नेपाल–भारतका सीमा क्षेत्रमा सरसामान चोरी निकासी तथा पैठारीको क्रममा सर्वसाधारण नागरिक तथा व्यापारीले भोग्नु परेको समस्यालाई दृष्टिगत गर्दै समाधानको उपाय निकाल्न समितिले अनुगमन गर्ने जानकारी दिइएको छ ।

समितिले शुक्रबारदेखि पर्साबाट अनुगमन थाल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top