ताजा समाचार


घरमै होली मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपिल

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १७: ५२ मा प्रकाशित




काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड नगरी होली घरमै मनाउन अपिल गरेको छ ।

कोरोना संक्रमणको तिव्रता र संक्रमितको संख्या बढेसँगै मन्त्रलायले यो अनुरोध गरेको हो । साथै, मन्त्रालयले थप सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

कोरोनाभाइरसको अपडेट दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यस्तो अनुरोध गरेका हुन् ।

सहप्रवक्ता अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न हमीले आग्रह गरेका र्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top