ताजा समाचार


त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १५: ५५ मा प्रकाशित




काठमाण्डौ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेका छन् ।

महर्जनले अनुभवी गोलरक्षक किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । टोलीमा गोलरक्षक दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ मिडफिल्डर संजोग राई र त्रिदेव गुरुङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर हेमन्त थापा मगर, सन्तोष तामाङ, फरवार्ड नवयुग श्रेष्ठ, आशिष लाम र जर्ज प्रिन्स कार्की टोलीबाट बाहिरिएका छन् ।

चोट मुक्त हुँदै डिफेन्डर अन्नत तामाङ टोलीमा फर्कँदा अनुभवी डिफेन्डर विराज महर्जनले पनि करिब १ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विराज यो प्रतियोगितापछि सन्यास लिने योजनामा छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तान (यु–२३) टिमको सहभागिता रहको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो । नेपालले मार्च २५ (चैत १२) मा किर्तिस्तानसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । उसले मार्च २७ (चैत १४) मा बंगलादेशसँग खेल्नेछ ।

दशरथ रंगशालमा हुने प्रतियोगिताका सबै खेल साँझ साढे ५ बाट हुने छन् । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले मार्च २९ ( चैत १६) मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।
नेपाली टिम
गोलरक्षक : किरण चेम्जोङ ( कप्तान), विकेश कुथु र दिप कार्की
डिफेन्डर : रोहित चन्द, विराज महर्जन, रञ्जित धिमाल, निशान खड्का, दिनेश राजवंशी, अन्नत तामाङ, छिरिङ गुरुङ र अजित भण्डारी
मिडफिल्डर : सुजल श्रेष्ठ, रवि शंकर पासवान, विशाल राई, एरिक विष्ट, तेज तामाङ, त्रिदेव गुरुङ, संजोग राई र सुनिल बल
फरवार्ड : भरत खवास, अञ्जन विष्ट, दर्शन गुरुङ र अभिषेक रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top