ताजा समाचार


म्यानमारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सय भन्दा बढी व्यक्ति रिहा

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १५: ४२ मा प्रकाशित




एजेन्सी । म्यानमारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सय भन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन् ।

म्यानमारमा सैनिक ‘कू’ शुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ ।

सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top