ताजा समाचार


बलिउड अभिनेता आमिर खान कोरोना संक्रमित

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १५: ०३ मा प्रकाशित




एजेन्सी । बलिउड अभिनेता आमिर खान कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि अभिनेता खान अहिले होम क्वारेन्टाइनमा बसेका छन् ।

आमिरका प्रवक्ताका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले घरमै रहेका छन् । आमिरले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन् ।

भारतको महाराष्ट्रमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलिएको छ । फिल्म निर्माता सतीश कौशिक पनि कोरोना संक्रमित भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।

यसअघि मनोज बाजपेयी, सिद्धान्त चतुर्वेदी, रणवीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भन्साली, अमिताभ बच्चन, अभिषेक बच्चन र ऐश्वर्या राय पनि कोरोना संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top