ताजा समाचार


सप्तरीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु, एक घाइते

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १४: ४८ मा प्रकाशित




सप्तरी । सप्तरीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–३ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कञ्चनरुप नगरपालिका वडा नम्बर–५ बस्नेी २० वर्षीय देवकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ९३३९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार कञ्चनरुप नगरपालिका वडा नम्बर–५ बस्ने १९ वर्षीय प्रदीप मुखिया घाइते भएका छन् । उनको स्थानीयस्तरमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए ।

मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा राखिएको र ठक्कर दिने ट्रक तथा त्यसका चालकलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top