ताजा समाचार


स्वविवेक निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको छ : प्रचण्ड

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १४: २१ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वविवेक निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् ।

शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए । तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’

त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको उनले बताए । यद्यपि त्यसविरुद्ध जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनले बताए । त्यो फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै प्रचण्डले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।’

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले अहिले नेपालीहरु निरिह हुन थालेको वा हेपिन थालेको हो कि भन्ने लागेको बताए । उनले भने, ‘नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरिह नै रहन्छौ भन्न पो खोजिएको हो ? तिमीहरु बढी ग¥यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि ? तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ ।’

नेपालीहरुलाई निरिह बनाउने खतरा रहेको भन्दै प्रचण्डले सचेत हुनुपर्ने पनि बताए ।
–अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top