ताजा समाचार


म्यानमार : सुरक्षाकर्मीको गोली लागेर एक बालिकाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १२: २० मा प्रकाशित




एजेन्सी । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले शासन सत्ता हातमा लिएपछि भइरहेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक बालिकाको मृत्यु भएको छ ।

म्यानमारको निर्वाचित सरकारलाई बर्खास्त गर्दै सेनाले सत्ता हातमा लिएर नेताहरुलाई नजरबन्दमा राखेपछि निरन्तर प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म १६४ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

मंगलबार आफ्नै घरमा रहेकी ७ वर्षीया बालिकाको सुरक्षाकर्मीको गाली लागेर मृत्यु भएको रोयटर्सले लेखेको छ । सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाउने उनी अहिलेसम्मकै कम उमेरकी मृतक हुन् ।

सुरक्षाकर्मीको गोलीबाट बालिकाको मृत्यु भएपछि म्यानमारमा बुधबार थप प्रदर्शनका कार्यक्रमहरु हुने भएका छन् । प्रदर्शनकारीहरूले सुरक्षा निकायले गरेको गोलाबारीका विरुद्ध थप संघर्ष गर्ने बताएका छन् ।

सुरक्षाकर्मीले बालिकाको बुबालाई हानेको गोली उनलाई लागेको थियो । घरैमा रहेका समयमा बुबालाई हानेको गोली काखमा रहेकी बालिकालाई लागेको समाचारमा जनाइएको छ । यससँगै, म्यानमारमा सेनाविरुद्धको प्रदर्शन थप आक्रामक बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top