ताजा समाचार


लोक सेवा आयोग आजदेखि पदाधिकारीविहीन

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १०: १० मा प्रकाशित




काठमाण्डौ । लोक सेवा आयोग आजदेखि पदाधिकारीविहीन भएको छ ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहितका पदाधिकारीको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन भएको हो ।

हिजो मंगलबारदेखि अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल सकिएको छ । मैनालीसँगै सदस्यहरू ब्रम्हदेव राय, कृष्णचन्द्र झा, विन्द्रा हाडा भट्टराई, अशोककुमार झाको पनि कार्यकाल सकिएको हो ।

यसअघिका पदाधिकारीको कार्यकाल सकिएको र नयाँ पदाधिकारी नियुक्ति गर्न ढिलाइ भएकाले आयोग पदाधिकारीविहीन बन्न पुगेको छ । आयोगमा नयाँ पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम छ ।

आयोग पदाधिकारीविहीन हुँदा आयोगको कार्यसम्पादनमा असर परेको छ । कर्मचारी भर्नाका लागि परीक्षा र नतिजा निकाल्ने काम कहिले रोकिएका छन् । पदाधिकारी नहुँदा कार्यतालिकाअनुसार हुनुपर्ने विज्ञापन पनि रोकिन पुगेको छ ।

आयोगले यसअघि नै सूचना निकालेर वैशाख ६ र ११ गतेका लागि तोकिएको खरिदार वा सोसरह पदको परीक्षा स्थगित गरिसकेको छ ।

आयोगले सरकारी तथा अर्धसरकारी कार्यालयले माग गरेअनुसार परीक्षामार्फत कर्मचारी छनौट गरी पठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top