ताजा समाचार


श्यामको सराहनिय काम, ठाउँमै पुगेर व्यापारीको समस्या समाधान

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १९: २१ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित आदित्य किराना पसलका सञ्चालक लक्ष्मण साहमाथि उनका घरबेटी दिनेश साहले अनावश्यक दवाव दिएपछि उनी विच्चलीमा परे ।

पाँच महिनाअघि किराना पसल चलाउनका लागि लक्ष्मणले जनकपुरधाम–४ स्थित कर्मचारी सञ्चय कोषको कार्यालय अगाडी दिनेश साहको घर मासिक ५ हजार रुपैयाँ तिर्नेगरि भाडामा लिए । पसलमा पूँजी लगाएर उनी आफ्नो व्यवसाय सञ्चालन गर्न थाले । उनले त्यहाँ कर्मचारी सञ्चय कोषको कार्यालय रहेकोले अतिरिक्त आम्दानी हुने उद्देश्यले किराना पसलका साथसाथै केवाइसी फर्म समेत भर्न थाले । व्यवसाय राम्रै चल्न थाल्यो ।

तर, केहिदिन नबित्दै उनका घरबेटी दिनेश साहले उनलाई अचानक आएर टर्चर दिन थाले । दिनेशले उनको त्यस काममा आफ्नो पनि संलग्नता रहने अडान राख्दै बिना कुनै लगानी उनीसँगै केवाइसी फर्म भर्ने काम गर्न थाले । दैनिक कम्तिमा २ हजार आम्दानी हुन थाल्यो । त्यसमध्ये १ हजार लक्ष्मणको र १ हजार दिनेशको बाँडफाँड हुन्थ्यो ।

बिना कुनै लगानी दिनेशलाई राम्रै आम्दानी हुन थालेपछि उनको मनमा अझ बढि लोभ जाग्यो । उनले लक्ष्मणलाई त्यहाँबाट हटाउने तानाबाना बुन्न थाले । पूर्व जानकारी बिना नै उनले लक्ष्मणलाई आफ्नो घर खाली गर्न दवाव दिन थाले । लक्ष्मणको परिवार त्यसपछि विच्चलीमा पर्यो ।
उनीहरु न्यायका लागि बिभिन्न व्यक्तिसँग हारगुहार गर्न थाले ।

अन्त्यमा उनीहरु गुड च्वाइस टुर्स एण्ड ट्राभल्सका सञ्चालक बिरेन्द्र साहसँग न्यायका लागि गुहार गरे । बिरेन्द्रले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै चिनजानको हिसाबले जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्ष पदका प्रत्यासी उम्मेदवार श्याम प्रसाद साहलाई फोन गरेर व्यापारी लक्ष्मणको समस्या सुनाए ।

केहि मिनेट नबित्दै श्याम त्यहाँ पुगे । दुबैतर्फको सबै समस्याहरु बुझ्दै उनले समस्याको समाधान गर्ने जमर्को कसे । दुबैजनालाई त्यहाँ बोलाएर कसैलाई मार्का र घाटा नहुने गरि सहजिकरण गर्ने प्रयास गरे ।

उनले घरबेटी दिनेशलाई व्यापारी लक्ष्मणसँग अन्याय नगर्न आग्रह गर्दै उनलाई घर खाली गर्नका लागि कम्तिमा तिन महिनाको समय दिन र आइन्दा उनको व्यापारमा कुनै अवरोध नगर्न दिनेशसँग आग्रह गर्दै समस्याको समाधान गरे । उनको निर्णय सही रहेको भन्दै त्यहाँका स्थानीयले पनि श्यामको प्रशंसा गरे ।

लक्ष्मण र दिनेश एकआपसमा हात मिलाएर हाँस्दै श्यामको निर्णयलाई स्विकार गरे । अब लक्ष्मण ३ महिनाका लागि निश्चिन्त भएका छन् ।
यस बिचमा कुनै समस्या आए श्यामले आफूलाई ९८०१६००१६२ नम्बरमा फोन गर्न लक्ष्मणसँग आग्रह गर्दै त्यहाँबाट फर्केका थिए । श्यामले आफू कुनैपनि व्यापारीमाथि आइपर्ने कुनैपनि समस्याको समाधानका लागि २४ औं घण्टा तत्पर रहने प्रतिबद्धता जनाएका छन् ।

जनकपुरधामका सुनचाँदी व्यवसायी श्याम प्रसाद साह यतिबेला चैत २८ गते हुने जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा उपाध्यक्ष पदका लागि प्रतिष्पर्धामा छन् ।

माँ लिला ज्वेलर्सका सञ्चालक समेत रहेका श्यामले संघको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । सरल स्वभाव, दुरदर्शी र अडिक व्यक्तित्वका धनी भएका कारण श्याम यस क्षेत्रका उद्योगी व्यवसायीको हक हितका पक्षमा जुन सुकै निकायका पक्षसँग डटेर लड्ने क्षमता राख्छन् ।

संघको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका श्यामले पछिल्लो समय निकै चर्चा बटुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top