ताजा समाचार


बाराबाट १२ केजी गाँजासहित एक महिला पक्राउ

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १७: ५५ मा प्रकाशित




बारा । प्रदेश २ को बारा जिल्लाबाट १२ केजी गाँजासहित एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको जिराभवानीपुर गाउँपालिका वडा नम्बर–४ बस्ने ५० वर्षीया मिनादेवीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटेको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–७ टेढा रोडबाट उनलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्लाष्टिकको झोला बोकेर जीतपुरबाट पटेर्वा सुगौलीतर्फ जान भनि अटो कुरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएसपी मिश्रले बताए ।

गाँजासहित पक्राउ परेकी मिनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top