ताजा समाचार


पर्साबाट जुवातास खेलिरहेको अवस्थामा दुईजना पक्राउ

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १७: २१ मा प्रकाशित




पर्सा । पर्साबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको बहुदरमाई नगरपालिकाबाट सोही ठाउँ बस्ने ४० वर्षीय उमेश राउत कुर्मी र ३० वर्षीय लालबाबु प्रसादलाई जुवाको खालबाट रंगेहात पक्राउ गरिएको हो ।

जुवा खेल्दै गरेको अवस्थामा बहुदरमाई–९ बिश्रामपुर टोलबाट २१ हजार २ सय ६० रुपैयाँ र तीन बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

बिश्रामपुर टोल बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले घेरा हाल्ने क्रममा दुबै जनालाई पक्राउ गर्न सफल भएको उनले बताए ।

जुवा खेलिरहेका ७ जना जुवाडेहरु फरार भएका छन् । फरार भएका जुवाडेहरुको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको खनालले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top