ताजा समाचार


सप्तरीमा लागुऔषधसहित एक युवक पक्राउ

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १७: ०५ मा प्रकाशित




सप्तरी । सप्तरीमा लागुऔषधसहित एक युवक पक्राउ परेको छ ।

भारतबाट लागु्औषध बोकेर आउँदै गरेका सप्तरीको कञ्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय राजु सरदारलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

सरदारलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top