ताजा समाचार


उद्योगी व्यवसायीको हकहितका लागि प्रतिबद्ध रहनेछु : कान्छो उम्मेदवार निरज

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १६: ३३ मा प्रकाशित




जनकपुरधाम । चैत २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा नरेन्द्र बिक्रम साहले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

संबित स्टोरका सञ्चालक समेत रहेका बिक्रमले व्यापार संघको निर्वाचनमा सोमबार कार्यकारिणी पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । साहले आफू सदस्य पदमा निर्वाचित भएपछि उद्योगी व्यवसायीको हकहितका लागि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफू धनुषाका सम्पूर्ण उद्योगी व्यवसायीको हकहितका लागि दिनरात मिहिनेत गर्ने बताउँदै सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बद्र्धन गर्दै यस ठाउँको आर्थिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने निरजको प्रतिबद्धता छ ।

आफू विजयी भए जिल्लाका उद्योगी व्यवसायीको समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने उनले दाबी गरे । उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सम्पूर्ण व्यापारीको हितका लागि निरन्तर मिहिनेत गर्नेछु ।’

उनले सम्पूर्ण मतदातासँग आशीर्वचन स्वरूप आ–आफ्नो अमूल्य मत दिई आफूलाई निर्वाचित गर्न सविनय निवेदन गरेका छन् । उनले आफू सदैव उद्योगी व्यवसायीहरुको भावना अनुरूप सकारात्मक परिवर्तनका लागि प्रस्तुत हुने वचनबद्धता समेत जनाएका छन् । निरजले व्यापारीहरुको सम्मानका लागि आफूभन्दा अग्रजहरुको सरसल्लाह लिएर अगाडी बढ्ने आफ्नो धोको रहेको सुनाए ।

उनले पछिल्लो समय उद्योग वाणिज्य संघमार्फत हुन नसकेका कामहरु अग्रजहरुको सरसल्लाह अनुसार पूरा गरेर देखाउने दावी गरे ।
आफू नेतृत्वमा आए व्यापारीहरुलाई सामान आयात तथा निर्यातका लागि देखिएको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने,‘जनकपुरधाम बजार पछिल्लो समय व्यवस्थित हुँदै गईरहेको छ अब यहाँ व्यापारीहरुका लागि सहज वातावरण निर्माण गर्नु आवश्यक रहेको छ, जसकालागि म पहल गर्नेछु ।’

चैत २८ गते हुन लागेको व्यापार संघको निर्वाचनमा ३९ जना उम्मेदवार मध्ये निरज सबैभन्दा कान्छो उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top