ताजा समाचार


कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई संक्रमण पुष्टि

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १२: ५५ मा प्रकाशित




काठमाण्डौ । गत फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।

निर्देशक भण्डारीले भने,‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ, खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १÷२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।

अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top