कैलाली । कैलालीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीदेखि टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो ।
बसको ठक्करबाट युवतीको मृत्युपछि लम्की क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली चलाएपछि ७ जना घाईते भएका छन् । प्रहरीतर्फ ५ जना र आन्दोलनरतपक्ष तर्फ २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन् । प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका थिए । उनीहरुलाई तितरबितर बनाउन हवाई फाइर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक थापाले बताए । साथै केही सेल अश्रुग्यास समेत प्रहार गरेको प्रहरी निरीक्षक थापाले बताए ।
ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया