ताजा समाचार


भारतको मध्य प्रदेशमा भयंकर दुर्घटना, १३ जनाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, ११: १९ मा प्रकाशित




एजेन्सी । भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा मंगलबार बिहान भयंकर दुर्घटना भएको छ । त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो ।

ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top