ताजा समाचार


एन्फाको आयोजनामा हुन लागेको त्रिदेशीय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, ११: ०२ मा प्रकाशित




काठमाण्डौ । अखिल नेपाल फुटबल सघं (एन्फा) को आयोजनामा हुन लागेको त्रिदेशीय फुटबल प्रतियोगिता मंगलबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान खेल्दैछन् ।

प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानका यु–२३ टिमको सहभागिता रहने छ । नेपालले मार्च २५(चैत १२) मा कीर्गिस्तानसँगको खेलबाट प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले मार्च २७ (चैत १४) मा बंगलादेशसँग खेल्नेछ ।

दशरथ रंगशालामा हुने प्रतियोगिताका सबै खेल साँझ साढे ५ बाट सुरु हुने एन्फाले जानकारी दिएको छ । सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले मार्च २९ (चैत १६) मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top