ताजा समाचार


चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १०: ४८ मा प्रकाशित




अछाम । चार्जमा राखेको मोबाइल पड्किएर अछाममा एक किशोरीको मृत्यु भएको छ ।

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार नाथले सोमबार राति मोबाइल चार्जमा राखेर फिल्म हेरिरहँदा मोबाइल पड्किएको थियो ।

गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी स्थानीय कुन्ती माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top