ताजा समाचार


दाङमा स्कुल बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, २२ जना विद्यार्थी घाइते

द रियल समाचार     २०७७ चैत्र १०, मंगलवार, १०: ४१ मा प्रकाशित




दाङ । दाङमा स्कुल बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा स्कुल बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बस कक्षा ११ र १२ का विद्यार्थी बोकेर स्कुलतर्फ गइरहेको थियो ।

प्रहरीका अनुसार तुलसीपुरमा रहेको ज्ञान ज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ । अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top