काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक मंगलबार बस्न लागेको छ ।
मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेत्री पम्फा भुसालले जानकारी दिएकी छन् ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने उनले बताईन् । बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे पनि छलफल हुने बताईएको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण नयाँ समीकरण बन्न नसकेको काँग्रेस र जनता समाजवादीको बुझाइ छ । तर, माओवादीले भने ओलीको विकल्पमा सरकार बनाउने पहल पूरा नभई समर्थन फिर्ता लिँदा झन् समस्या पर्न सक्ने बताउँदै आएको छ ।
प्रतिक्रिया