ताजा समाचार


सप्तरी र धनुषामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ९, सोमबार, १८: २१ मा प्रकाशित




जनकपुरधाम । सप्तरी र धनुषामा पोखरीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका अनिल साहका १ वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर मृत्यु भएको छ । घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top