ताजा समाचार


बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी मेस्सी

द रियल समाचार     २०७७ चैत्र ९, सोमबार, १२: २८ मा प्रकाशित




एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

ला लिगा अन्तर्गत गएराति रियल सोसिडाड विरुद्ध मैदानमा उत्रँदा मेस्सी बार्सिलोनाका लागि ७६८औँ खेल खेल्दै थिए ।

मेस्सीले जाभी हर्नान्डेजको कीर्तिमान भङ्ग गरेका हुन् । जाभीले बर्सिलोनाका लागि ७६७ खेल खेलेका थिए ।

कीर्तिमानी खेलमा मेस्सीले २ गोल गरेपछि बार्सिलोनाले सोसिडाडमाथि ६-१ को सहज जित निकालेको थियो ।

बार्सिलोना २८ खेलबाट ६२ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ६६ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top