ताजा समाचार


निजगढ द्रुत मार्गको विषयमा छलफल गर्न संसदीय समितिले सेनालाई बोलायो

द रियल समाचार     २०७७ चैत्र ९, सोमबार, ११: ४८ मा प्रकाशित




काठमाण्डौ । निजगढ द्रुत मार्गको विषयमा छलफल गर्न संसदीय समितिले नेपाली सेनालाई बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले द्रुत मार्गको विषयमा छलफल गर्ने भएको हो ।

११ प्रतिशत मात्र प्रगति देखिएको काठमाडौं–तराईमधेस द्रुत मार्गको विषयमा सेना र रक्षा मन्त्रालयका प्रतिनिधिसँग छलफल गर्ने समितिको कार्यसूची छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वि.सं. २०७४ साल वैशाख २१ गते राजधानीलाई बाराको निजगढसम्म जोड्ने यो द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

त्यसबेला नै चार वर्षमा काम सक्ने भनिएको भएपनि २०७६ साल भदौमा डिपिआर आएको थियो । त्यसपछि मात्र काम अघि बढेको थियो । परियोजनाको अनुमानित लागत १७५ अर्ब रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top