ताजा समाचार


व्यापार संघ निर्वाचन : ३९ जना उम्मेदवारले मनोनयन पत्र लिए

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १९: ३२ मा प्रकाशित




जनकपुरधाम । चैत २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र लिएका छन् ।

व्यापार संघको आसन्न निर्वाचनका लागि ३९ जना उम्मेदवारले आईतबार मनोनयन पत्र लिएको निर्वाचन समितिका अध्यक्ष संतोष कुमार साहले जानकारी दिएका छन् ।

अध्यक्ष पदका लागि जितेन्द्र कुमार महासेठ र जितेन्द्र प्रसाद साहलगायत २ जना, वरिष्ठ उपाध्यक्ष पदका लागि मनिषरमण साह र सुरेन्द्र कुमार भण्डारीलगायत २ जना, उपाध्यक्ष पदका लागि श्याम प्रसाद साह, संतोष कुमार साह, लक्ष्मण साह, अनिल कुमार प्रधान, अम्भु प्रसाद साह, रमेश कुमार यादव र फुलगेन साहलगायत ७ जना र महिला उपाध्यक्षका लागि दिपिका रायले उम्मेदवारी मनोनयन पत्र लिएका छन् ।

त्यस्तै, महासचिव पदका लागि कृष्ण मुरारी साह, मनोज कुमार साह, रामकुमार महासेठ, अशोक कुमार चौधरी, सुधिर पजियार, मनोज कुमार साह र मनोज कुमार साहलगायत ७ जना, सचिव पदका लागि गोपी कुमार साह (चन्दन), संतोष कुमार महासेठ र फुलदेव पण्डितलगायत ३ जना, कोषाध्यक्ष पदका लागि परमेश्वर साह (आशा), मनोज कुमार शर्मा र विजय कुमार साहलगायत ३ जना र एशोसिएट सदस्यका लागि राजिव कुमार साह (चन्दन) ले मनोनयन पत्र लिएका छन् ।

त्यस्तै, महिला सदस्य पदका लागि सरिता ठाकुर र माया कुमारीले मनोनयन पत्र लिएका छन् भने कार्यकारिणी सदस्य पदका लागि रमेश महतो, अनवर हुसेन, धर्मेन्द्र साह, शंकर पासमान, श्रवण कुमार साह, दिलिप कुमार साह, नरेन्द्र विक्रम साह, प्रकाश कुमार साह, रंजित कुमार भगत, राकेश कुमार साह र श्रवण प्रसादले मनोनयन पत्र लिएको निर्वाचन समितिका अध्यक्ष साहले जानकारी दिए ।

निर्वाचन समितिले अध्यक्ष पदका लागि ५५ हजार, वरिष्ठ उपाध्यक्षका लागि ५१ हजार, उपाध्यक्षका लागि ५० हजार, महिला उपाध्यक्षका लागि ३० हजार, महासचिवका लागि ४५ हजार, सचिवका लागि ४० हजार, कोषाध्यक्षका लागि ४० हजार, एशोसिएट सदस्यका लागि ४० हजार, महिला सदस्यका लागि १५ हजार, सम्बद्ध सदस्यका लागि ४० हजार र कार्यसमिति सदस्यका लागि २१ हजार उम्मेदवारी शुल्क निर्धारण गरेको थियो । त्यस्तै, मतदाता नामावली शुल्क १ हजार ५ सय निर्धारण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top