ताजा समाचार


टिपरको ठक्करबाट ७ वर्षीया बालिकाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १५: ५५ मा प्रकाशित




बारा । बारामा टिपरको ठक्करबाट ७ वर्षीया एक बालिकाको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन् ।

शनिबार राति ना ८ ख ३४५६ नम्बरको टिपरले बुवा छोरी सवार बी आर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहटको फतुवा विजयपुर नगरपालिका–८ बस्ने ७ वर्षीया बालिका आकृति यादवको मृत्यु भएको छ ।

दुर्घटनामा परी उनका बुवा ३६ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आदर्श कोतवाल गाउँपालिका–४ इनर्वामालस्थित हुलाकी राजमार्गमा हरनैयाबाट कलैयातर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपर पल्टिएको थियो । दुर्घटनामा परेर बालिकाको घटनास्थलमै ज्यान गएको डिएसपी मिश्रले बताए ।

बालिकाको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ भने दुर्घटनामा परी घाइते भएका यादवको कलैया अस्पतालमा उपचार भइरहेको तथा टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top