ताजा समाचार


समाजसेवी अनिलको परोपकारी काम

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १२: ५१ मा प्रकाशित




जनकपुधाम । जय माँ काली कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका समाजसेवी अनिल कुमार चाैधरीको विशेष सहयोगले मिथिला माध्यमिकी परिक्रमामा सहभागी श्रद्धालुका लागि निःशुल्क भोजनकाे व्यवस्था गरेका छन् ।

आईतबार कञ्चनवनबाट एकाविहान परिक्रमाबासीहरु पर्वता निस्केपछि कञ्चनवन र पर्वताकाे मध्यविन्दुमा पर्ने महेन्द्रनगरमा उनले आफ्नो विशेष सहयोग र स्थानियको समेत सहकार्यमा परिक्रमावासीका लागि भोजनको प्रवन्ध मिलाएका थिए ।

अनिलले भने,`परिक्रमामा सहभागी श्रद्धालुहरु एक पडावस्थलबाट अर्काे पडाव स्थलसम्म हिँड्दै जान्छन् । उनीहरू भाेकै अर्काे पडाव स्थलसम्म पुग्दा पुर्णरूपले थाकिसकेका हुन्छन् । त्यसैले आफूले कञ्चनवन र पर्वताकाे मध्यविन्दुमा पर्ने महेन्द्रनगरमा परिक्रमाबासीका लागि भोजनको व्यवस्था गरेको छु ।´

गत शनिबारदेखि धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीहरू आज पर्वतामा विश्राम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top