ताजा समाचार


उद्योगी व्यवसायीको आशा र भरोसाको सम्बाहक बन्न चाहन्छु : रमेश

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, ११: ५३ मा प्रकाशित




जनकपुरधाम । चैत २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा रमेश कुमार यादवले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

रमेश कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका नेपाली काँग्रेसका युवा नेता यादवले आगामी व्यापार संघको निर्वाचनमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

धनुषा निर्माण व्यवसायी संघका वर्तमान महासचिव समेत रहेका रमेशले आफू उपाध्यक्ष पदमा निर्वाचित भएपछि उद्योगी व्यवसायीको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले व्यापार संघको नेतृत्व तहमा पुगेर आफू धनुषाका सम्पूर्ण उद्योगी व्यवसायीको आशा र भरोसाको सम्बाहक बन्न चाहेकोले सबैजनाले आफूलाई साथ र सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

धनुषा जिल्लाका सम्पूर्ण उद्योगी व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने रमेशको प्रतिबद्धता छ ।

आफू उपाध्यक्षमा विजयी भए निजी क्षेत्रका समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने र अब निर्वाचित हुने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने दावी समेत रमेशको छ ।

उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सम्पूर्ण व्यापारीको हितका लागि निरन्तर मिहिनेत गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top