ताजा समाचार


श्रीलङ्कामा बस दुर्घटनामा परी १४ जनाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १०: ५८ मा प्रकाशित




एजेन्सी । श्रीलङ्काको पासारामा बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ।

राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० जना गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरबाहीका कारण बस दुर्घटना भएको हो।

मृत्यु हुनेहरूमा चालकसहित ९ जना पुरूष र ५ जना महिला रहेको अधिकारीहरूले बताएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापरवाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top