ताजा समाचार


जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ८, आईतवार, १०: ३८ मा प्रकाशित




चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भई सोही स्थान बस्ने गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमै मृत्यु भएको हो ।

हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top