ताजा समाचार


परिक्रमा मेलाबाट दर्जनौं सुनचाँदीका गरगहना र नगदसहित १७ जना चोर पक्राउ

द रियल समाचार     २०७७ चैत्र ७, शनिबार, १४: ०० मा प्रकाशित




जनकपुरधाम । महोत्तरीस्थित धु्रवकुण्ड परिक्रमा मेलाबाट दर्जनौं सुन र चाँदीका गरगहना सहित महिला चोरहरुको एक समुह पक्राउ परेको छ ।

जिल्लाको धमौरा मेला समितिको पहल र सहयोगमा स्थानिय प्रशासनले ५४ थान सुनको गरगहना र चाँदी १२ थान सहित १७ जना महिला चोरहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुको साथबाट सुनको मंगलसुत्र, सिक्री, चाँदीको पायल, बाला सहित ३५ हजार भारतीय र १२ हजार नेपाली रुपैयाँ एवं आधा दर्जन मोबाइल सेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा महिलादेखि बालबालिकाहरु पनि रहेको धमौरा मेला समितिका युवा रामेश्वर मण्डलले जानकारी दिए ।

उनीहरुलाई बलवा थानाका सई रविन्द्र सिंह, शसस्त्र बेस क्याम्प बनौटाका प्रहरी निरिक्षक राजकुमार झा, बलवा नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष राजकुमार यादव र युवा नेता रामेश्वर मण्डल सहितको सक्रियता र पहलमा पक्राउ गरिएको बताइएको छ ।

धु्रवकुण्डबाट पक्राउ परेका केहि चोरहरुसँग सोधपुछ गर्ने क्रममा बलवा नगरपालिका वडा नम्बर–१० मा उनीहरु गरगहना लुकाएर राखेको स्थल समेत पत्ता लागेपछि नगद र गरगहना सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top