ताजा समाचार


एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु,आजको बैठकमा वामदेव पनि उपस्थित

द रियल समाचार     २०७७ चैत्र ७, शनिबार, १२: २२ मा प्रकाशित




काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । आजको बैठकमा यसअघिको बैठकहरुमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित भएका छन् ।

अदालतले एमाले ब्यूँताएपछि एकता अभियान चलाउने भन्दै ओली अथवा खनाल–नेपाल दुवै समूहतर्फ नलागेका नेता गौतम आजको बैठकमा सहभागी भएका हुन् ।

नेता गौतमले हिजो शुक्रबार भएको किसान महासंघको भेलालाई सम्बोधन गर्दै संसदीय दल र केन्द्रीय समितिको बैठकमा सहभागी भएर आफ्नो मत राख्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top