ताजा समाचार


झा दम्पतीको अवस्था सार्वजनिक गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइयो

द रियल समाचार     २०७७ चैत्र ७, शनिबार, ००: ४७ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीबाट बेपत्ता पारिएका झा दम्पतिको खोजबिनका लागि दवाव स्वरुप प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।

जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर-५ स्थित सहोडबाबाट ओछ्यानसहित बेपत्ता पारिएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झाको अवस्था सार्वजनिक गर्न माग गर्दै प्रदेश प्रमुख राजेश झा अहिराजलाई ज्ञापनपत्र बुझाइएको हो ।

बिभिन्न राजनीतिक दल तथा संघसंगठनले शुक्रबार संयुक्त रुपमा प्रदेश प्रमुख झालाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झा, मधेश जनबिद्रोह २०६३ का संयोजक दीपक कुमार झा, जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्र र विवेकशिल साझा पार्टी प्रदेश २ का संयोजक अनिमेश कुमार मिश्रले संयुक्त रुपमा प्रदेश प्रमुख झालाई बेपत्ता पारिएका दम्पतिलाई खोजबिन गरी अवस्था सार्वजनिक गर्न ज्ञापनपत्रमार्फत् माग गरेका छन् ।

उनीहरूले झा दम्पति बेपत्ता प्रकरणमा केन्द्र सरकारबाट घटनाको अबिलम्ब छानबिन गरी लास या साँस उपलब्ध गराउनुपर्ने माग समेत गरेका छन् ।

गत फागुन १० गते राती मुसाफिर झा र उनकी पत्नी गीतादेवी झालाई ओछ्यानसहित घरबाटै बेपत्ता पारिएको थियो ।

घटनाको २५ दिन बितेपनि प्रहरीले कुनै सुँइको समेत पत्ता लगाउन गर्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top