ताजा समाचार


सर्लाहीबाट लागुऔषध गाँजासहित एक युवक पक्राउ

द रियल समाचार     २०७७ चैत्र ६, शुक्रबार, १३: २० मा प्रकाशित




सर्लाही । सर्लाहीबाट लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्दा गाँजासहित युवक पक्राउ परेका हुन् ।

सर्लाहीको लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सवार १९ वर्षीय सुवास मोक्तानको साथबाट २ किलो २०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

लालबन्दी नगरपालिका-१४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए ।  उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top