ताजा समाचार


पुनर्स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज बस्दै

द रियल समाचार     २०७७ चैत्र ६, शुक्रबार, ०९: ३७ मा प्रकाशित




काठमाण्डौ । पुनर्स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज बस्न लागेको छ ।

यसअघिका ३ वटा बैठक शोक सभामा सीमित भएकोमा आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

लगातार तीनवटा बैठक शोक सभामा परिणत भएको प्रतिनिधिसभाको चौथो बैठक आज बस्न लागेको हो । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा पनि शोक प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको छ ।संविधानसभाका पूर्वसदस्य अशोक कोइरालाको निधनका कारण शोक प्रस्ताव पेश हुन लागेको हो  ।

कोइरालाको बुधबार राति निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top