ताजा समाचार


विद्यार्थीले शिक्षकलाई कालोमोसो दले, विद्यालय बन्द

द रियल समाचार     २०७७ चैत्र ६, शुक्रबार, ०८: ५७ मा प्रकाशित




चितवन । चितवनमा विद्यार्थीले शिक्षकलाई कालोमोसो दलेका छन् ।

जिल्लाको नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयका शिक्षक शशीधर गैरेले दुव्र्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले उनलाई कालोमोसो दलेका हुन् ।

गैरेले छात्राहरुलाई पटक–पटक दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए । विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भनेपनि उनले नमान्दा उनको कर्तुत बाहिर ल्याउनका लागि कालोमोसो दल्न बाध्य भएको बताइरहेका छन् ।

यता विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

त्यस्तै विभिन्न शिक्षक संगठनहरुले पनि अमानवीय भएको भन्दै विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top