काठमाण्डौ । सत्ता समीकरणमा कसलाई साथ दिने भन्ने विषयले चरम विवादमा रहेको जसपाको एउटा घटक पूर्वराजपाले पार्टी समायोजनलाई अघि सारेको छ ।
समायोजनको टुङ्गो लगाउन भन्दै सो समूहले बिहीबार ६ सदस्यीय कार्यदल गठन गरेको हो ।
नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा बसेको पूर्वराजपा समूहको बैठकले कार्यदल गठन गरेको छ ।
कार्यदलको जिम्मा नेताहरु जितेन्द्र सोनल, मनीष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र सञ्जय यादवलाई दिइएको छ ।
कार्यदलले शुक्रबारदेखि नै काम थाल्ने भएको छ ।
प्रतिक्रिया