ताजा समाचार


कञ्चनपुरका मालपोत अधिकृत घुस सहित पक्राउ

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, १८: ४४ मा प्रकाशित




कैलाली । मालपोत कार्यालय महेन्द्रनगरका अधिकृत २४ हजार घुससहित पक्राउ परेका छन् ।

बिहीबार दिउँसो कञ्चनपुरस्थित मालपोत कार्यालय महेन्द्रनगरमा कार्यरत अधिकृत लोकराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीले जानकारी दिए ।

पक्राउ परेका अधिकृत जोशीमाथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top