ताजा समाचार


चैत तेस्रो हप्तासम्म भाडा बढाउन यातायात व्यवसायीको माग

द रियल समाचार     २०७७ चैत्र ५, बिहीबार, १७: ४६ मा प्रकाशित




काठमाण्डौ । यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म भाडा बढाउन सरकारसँग माग गरेका छन् ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

२०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।

तर सो आधार अनुसार बिमा, कर, बैंक, पाटपूर्जाजस्ता सामग्रीको मूल्यवृद्धिको आधारमा २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएको महासंघको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top